जङ्गली जनावरको आक्रमणबाट चितवनमा दुई महिनामा चार जनाको ज्यान गयाे

काठमाडाैं | असोज ५, २०८०

जङ्गली जनावरको आक्रमणबाट चितवनमा दुई महिनामा चार जनाको ज्यान गयाे

चितवन : चालु आर्थिक वर्षको दुई महिनामा चितवनमा जङ्गली जनावरको आक्रमणबाट चार जनाको ज्यान गएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक जनाको ज्यान गएको हो । 

 

माछा मार्ने क्रममा र केराघारीमा जाँदा दुई जनाको बाघको आक्रमणमा परि ज्यान गएको हो । भरतपुर महानगरपालिका–२८ का आशबहादुर बोटे र खैरहनी नगरपालिका–१२ का अनिल तामाङको बाघको आक्रमणबाट ज्यान गएको उहाँले जानकारी दिनुभयो ।

 

सूचना अधिकारी तिवारीका अनुसार मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएका रत्ननगर नगरपालिका–६ का नवराज अधिकारी गैँडाको आक्रमणमा परि ज्यान गएको थियो ।  यस्तै, रत्ननगर नगरपालिका–५ का फगुन्ना महतोलाई गोहीको आक्रमणमा परि ज्यान गएको हो ।  

 

त्यस्तै, अवधिमा चार वटा गैँडा मृत भेटिएका छन् । यसमध्ये एउटा सिकारीले मारेका हुन् भने दुईवटा आपसमा जुधेर र एउटा बाघ र गोहीको आक्रमणमा परेर मरेका हुन् । मृत भेटिएका गैँडामध्ये दुईवटा भाले रहेका छन् भने दुईवटाको पहिचान हुन नसकेको उहाँले बताउनुभयो ।

 

निकुञ्जका अनुसार आर्थिक वर्ष २०७२र७३ देखि अहिलेसम्म निकुञ्जमा २ सय ४ वटा गैँडा मरेका छन् । तीमध्ये १ सय २ वटा भाले, ७८ वटा पोथी र ४७ वटाको पहिचान हुनसकेको छैन । अहिलेसम्म मरेका गैँडामध्ये बुढो भएर र भिरबाट लडेर ६८ , दलदलमा परेर र बाढीले बगाएर १९ , आपसमा जुधेर ५४, बाघ र गोहीको आक्रमणबाट १६ वटा रहेका छन् ।

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्